Sunday, October 11, 2009

जरुरी सूचना


             यही आउदो अक्टूबर १८ गते आइतबार गुन्पो नेपाली संगतीले नेपालीहरु को चाड तिहार को अबसरमा दाजू भाई र दीदी बहिनी बिच भेटघाट र रमाइलो कार्यक्रम अयोजना गर्न लागेको हुदा संपूर्ण गुन्पो नेपाली संगतीका सदस्यहरु अनिबार्य रुपमा उपस्थिति भैदिन हुन बिनम्र अनुरोध गर्दछौ,कार्यक्रमबारे जानकारी लीनको लागी गुन्पो नेपाली संगतीका प्रचारक काजी गुरुंग दाईसंग छिटो सम्पर्क राखनुहोला /
                    गुन्पो नेपाली संगती परिवार ,गुन्पो ,साऊथ कोरिया


 मुक्तिको बाटो
         हर प्राणीभन्दा उच्च मानिने अनि बेग्लै अस्तित्व भएको प्राणी हो मानिस । हरेक बस्तुको आ -आफनै अस्तित्व अनि नियम हुन्छ जस्तो प्रकृतिको छ , त्यस्तै मानिसको पनि । यसैले मानिस जन्मिएर मर्नैपर्छ , यो प्रकृतिको नियम दुनियाको कटु सत्य हो । एउटा क्षणभङ्गुर शरीर लिएर यस धर्तीमा पाहुनाको रुपमा आउने मानवले आफनो स्वार्थको लागि हर कुरालाई ढाट्न सकेपनि यस कुरालाई ढाट्न वा नकार्न सक्दैन । संसारमा मानिसले निकै प्रगति गरे । संसारलाई ध्वस्त पार्ने बम बनाए , चील जस्तै आकासमा उडेर जान सक्ने भए । यो उनीहरुको बुद्विको कमाल हो । किनकी मानिसले स्वतन्त्र विचार अनि बुद्वि प्राप्त गरेका छन् जुन बिचित्रको छ । आखिर जे होस् मानिसको यो प्रगतिलाई मान्नुपर्छ । तर अनौठो मान्नुपर्दैन, किनकी उसको यो विचित्र बुद्विर् इश्वरीय देन हो , जुन कुरा मानिसले यसो गर्नेछ भनेर पहिल्यै भनिएको थियो । विज्ञानले जे ग-यो त्यो त मानिसको उपज हो । किनकी एकजना बिद्वान्को अनुसार विज्ञान अनुभवहरुको संगालो हो । यी कुराहरुलाई आजका मानिसले विश्वास गर्दैनन् । मानिसले यसो उसो त भन्ने गर्छन् , तर आफनै बारेमा बताउन सक्दैनन् । उ यस धर्तीमा कहिलेसम्म बस्ने हो र कहिले फर्कनुफर्कनुपर्छ भन्ने कुरामा अनभिज्ञ नै छ । त्यसैले आजको बास्तविकता के हो त - बुझनु जरुरी छ ।

संसारमा बिभिन्न बादहरु अनि सिद्वान्तहरुको जन्म भयो र मरेर गए , तर अनादिदेखि कसैले नकार्न नसकेको एउटा ठोस सत्य यस संसारमा अझैपनि छ , त्यो हो बाइबल । बाइबलले एउटा यस्तो व्यक्तिको बारेमा बताएको छ , जसले इतिहासलाई दुइ भागमा विभाजन गर्नुभयो अनि उहाँको शक्ति र जिवितता आज पनि छ र तपाईलाई उहाँले बचाउन चाहनुहुन्छ । हजूर , यशू ख्रीष्ट ! जसको बारेमा बाईबलले स्पष्टसंग बताएको छ । यशू यस संसारमा किन आउनुभयो - त्यो एक गम्भिर सवाल अनि जान्नुपर्ने चासोको विषय हो । किनकी उहाँ एक सिद्व मानिस अनि सिद्व परमेश्वर हुनुहुन्थ्यो ।

मानिस पापी छ भनेर बाइबलले बताउँछ। किनकी ऊ जन्मदै पापी जन्मेको हुन्छ । तितेपातीलाई उखुबारीको माझमा लगेर रोपेपनि तितै भएर उम्रन्छ । त्यस्तै मानिस पापी नै भएर जन्मन्छ , किनकी उ स्वभावले पापी छ । अधिकांश मानिस अनि तपाइले पनि यस कुरालाई स्वीकार गर्नुहुन्न , तर पापको ज्याला मृत्यु हो । यसबाट उम्कन मानिसले विभिन्न प्रयास गरेका छन् र उनीहरु जीवनको यथार्थ भुलेर बाटो बिराएको बटुवा जस्तै हुन पुग्छन् । चिन्ता, डर , निराश अनि फिक्रि उसका बाटाका काँडाहरु हुन् । उ स्वयं धर्मकर्म गर्छ र असल काम पनि गर्छ तर पनि मुक्तिको मार्गलाई भेट्न सकेको छैन । जीवन के हो त - यसको मूल्य कति छ अनि बाँच्नुको सहस्य के हो त - आदि सवालमा अल्भिmएर उ आफैले आफैलाई खाडलतिर धकेलिरहेको हुन्छ । फूलजस्तो जीवन पाएर पनि उसले आनो जीवनलाई फक्राउन सक्दैन । ऊ पापको खाडलमा भासिदै जान्छ । दलदले हिलोमा फँस्न सजिलो हुन्छ तर निस्कन गाह्रो अनि उसलाई आनो मार्गहरु नाइलनको साडी लगाएर बयर घारीमा पसे समान हुन्छ । घोर अन्धकारको बाटोमा ऊ एक्लै निशाशिन पुग्छ ।

यसबाट मानिसलाई बचाउन परमेश्वरले एउटा योजना राख्नुभयो , जसबाट सजिलै मानिसले आनो पापको बोझबाट छुटकारा पाउँछ । बाइबलले भन्छ - परमेश्वरले संसारलाई प्रेम गर्नुहुन्छ । यतिबिघ्न कि कुनै सिमाले नाप्न सकिदैन । उहाले संसारलाई यस्तो प्रेम गर्नुभयो कि आनो एकमात्र पुत्र येशु ख्रीष्टलाई यस संसारमा पठाउनुभयो र जसले आज येशु ख्रीष्टलाई विश्वास गर्छ उसले कहिल्यै नाश नहुने जीवन पाउँछ - यूहन्ना ३ :१६ । अर्को ठाउमा भनिएको छ परमेश्वरले हामी तर्फो आनो प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छंदै उहाले आफू क्रुसमाथि बलिदान हुनुभयो - रोमी ५:८ - मानिसले धर्मकर्म गरेर पापबाट छुटकारा पाउन सक्दैन । जसले येशु ख्रीष्टलाई आफनो ब्यक्तिगत प्रभु र मुक्ति दाता भनी ग्रहण गर्छ उसले मुक्ति पाउँछ । यसरी मुक्ति चाँही विश्वासद्वारा अनुग्रहबाट पाइन्छ , मानिसको असल कामको परिणाम मुक्ति होइन । बाइबलले भन्छ विश्वास द्वारा तिमीहरुले अनुग्रहबाट उद्वार पाएका छौ र यो त तिमीहरुले आफैबाट होइन , यो परमेश्वरको वरदान हो । कामबाट होइन नत कसैले घमण्ड गर्नेछ - एफिसी २-८:९ । यदि तपाई पनि स्वयंलाई पापी मान्नुहुन्छ भने विश्वास गर्नुहोस , ख्रीष्ट तपाईकै निम्ति आउनुभएको थियो अनि तपाइकै निम्ति मर्नुभयो किनकी बाइबलमा यशूले यसो भन्नुभएको छ - हे सबै मेहनत गर्ने र बोझले लादिएका हो म कहाँ आओ म तिमीहरुलाई विश्राम दिन्छु- मत्ती ११:२८

बाइबलले यसो पनि भन्छ बिना विश्वास परमेश्वरलाई रिझाउन सकिदैन - हिब्रु ११:६ । बिश्वास सुनाइबाट र सुनाई चाँहि बचनबाट आउँछ - रोमी २२:१७ ,जुन बाइबल हो ।

यो मुक्तिको बाटो हो जुन तपाइको निम्ति हो ।



आजको दुनिया स्वार्थी छ । यहाँ जन्म दिने आमाले दुधे बालकलाई छाडेर हिड्छन् । तर जब तपाई ख्रीष्टलाई ग्रहण गर्नुहुन्छ , वहाँले तपाईलाई बहिल्यै छाड्नुहुन्न - हिब्रु १३:५ ।त्यस्तै येशूले भन्नुभएको छ - जन्म दिने आमाले तिमीलाई त्याग्न सक्छ तर म तिमीलाई त्याग्नेछैन - यशैया ४९ :१ । यशू संसारको ज्योती हुनुहुन्छ अनि बाटो सत्य र जीवन । त्यसैले ढिला नगर्नुहोस् , यो मुक्तीको योजना अनि र्स्वर्गको बाटो तपाईकै निम्ति हो ।
                                                                                                       

                   





No comments:

Post a Comment